दफा ९
लेखा र लेखापरीक्षण
९. लेखा र लेखापरीक्षण
(१) समितिको आय–व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिनेछ।
(२) समितिको आन्तरिक लेखापरीक्षण समितिले तोकेको व्यक्तिले गर्नेछ।
(३) समितिको अन्तिम लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट हुनेछ।
(४) नेपाल सरकारले समितिको आय–व्ययको लेखा, नगदी, जिन्सी वा अन्य कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।